मेष
एउटा रातो रूमाल सधैँ खल्तीमा राख्नाले धेरै कामहरू बन्ने तथा शुभ फल दिन्छ। पहिरनमा एक वस्त्र रातो धारणा गर्नु अति आवश्यक छ।
शुक्रबार महत्वपूर्ण कामको थालनी गर्नु मनासिब हुँदैन।
वृष
एउटा सेतो रूमाल आफ्नो खल्तीमा राखिराख्नु अति उत्तम र लाभदायी हुन्छ। पहिरनमा कुनै एक वस्त्र सेतो हुनु निकै राम्रो मानिन्छ।
वृश्चिक राशिको चन्द्रमा परेको दिन कुनै पनि महत्वपूर्ण कार्य प्रारम्भ गर्नु हुँदैन।
मिथुन
एउटा पहेँलो रूमाल आफ्नो खल्तीमा राखिराख्नु अति उत्तम र लाभदायी हुन्छ। पहिरनमा कुनै एक पहेँलो वा केशरी वस्त्र समावेश गर्नु निकै राम्रो मानिन्छ।
जुन दिन मिथुन राशिको चन्द्रमा हुन्छ, त्यस दिन महत्वपूर्ण कामको सुरुवात गर्नु हुँदैन।
कर्कट
सधैँ सेतो रूमाल गोजीमा राख्दा निकै शुभ र फाइदा हुन्छ। आफ्नो पहिरनमा एक वस्त्र सेतो धारणा गर्नु अति आवश्यक छ।
मकर राशिको चन्द्रमा परेका दिन कुनै पनि नयाँ काम थालनी नगरेकै वेश हुन्छ।
सिंह
सूर्यका सबै रङ्गसँग मिल्ने वस्त्र धारण गर्न मनासिब हुन्छ। सधैँ रातो वा सुनौलो रङ्गको रूमाल गोजीमा राख्दा अपेक्षित लाभ प्राप्त गर्न सकिन्छ।
मीन राशिको चन्द्रमा हुँदा महत्वपूर्ण कामको प्रारम्भ गर्न शुभ मानिँदैन।
कन्या
चट्ट हरियो रूमाल खल्तीमा राख्नाले मानसिक शान्ति मिल्नुका साथै शुभ फल प्राप्त हुन्छ। वस्त्र धारण गर्दा कुनै एक कपडा हरियो वा पहेँलो मिसाउनु शुभ मानिन्छ।
धनु राशिको चन्द्रमा परेको दिन महत्वपूर्ण कार्य गर्नु हुँदैन।
तुला
सेतो रूमाल हरहमेसा साथमा राख्नाले सुख, शान्ति र सन्तोष मिल्दछ। पहिरनमा कुनै एक वस्त्र सेतो वा क्रिम कलर छनोट गर्नु पर्दछ।
कुम्भ राशिको चन्द्रमा परेको दिन शुभ कार्य गर्नु हुँदैन।
वृश्चिक
सधैँ रातो रङ्गको रूमाल चट्ट पट्याएर गोजीमा राख्दा अपेक्षित लाभ प्राप्त गर्न सकिन्छ र मानसिक शान्ति मिल्दछ। पहिरनमा रातो कपडाको सम्मिश्रण फलदायी हुन्छ।
मकर राशिको चन्द्रमा हुने दिन महत्वपूर्ण कामको थालनी गर्न वाञ्छनीय हुँदैन।
धनु
पहेँलो रङ्गको रूमाल साथमा राख्नाले सधैँ काममा सफलता मिल्छ अनि सिद्धि प्राप्त हुन्छ। आफ्नो पहिरनमा पहेँलो रङ्गको वस्त्र मिसाउनु वा धारणा गर्नुपर्छ।
जुन दिन कुम्भ राशिको चन्द्रमा हुन्छ, सो दिन कुनै पनि महत्वपूर्ण कार्यमा हात नहाल्नु उचित हुन्छ।
मकर
कालो वा नीलो रूमाल गोजीमा राखिरहने गर्नु पर्दछ, जसले मानसिक शान्ति अनि शुभ फल दिलाउँछ। कालो नीलो रङ्गको वस्त्र धारणा गर्दा धेरै कामहरू बन्दछन्।
तुला राशिको चन्द्रमा परेको दिन कुनै पनि महत्वपूर्ण कार्य प्रारम्भ गर्नु हुँदैन।
कुम्भ
कालो वा नीलो रूमाल गोजीमा राखिरहने गर्नु पर्दछ, जसको प्रयोगले मानसिक शान्ति अनि शुभ फल प्राप्त हुन्छ। पहिरनमा कुनै एक वस्त्र कालो वा नीलो अवश्य धारण गर्नु जीवनोपयोगी हुन्छ।
जुन दिन सिंह राशिको चन्द्रमा हुन्छन्, सो दिन शुभ तथा महत्वपूर्ण कार्य गर्दा सफलता मिल्दैन।
मीन
पहेँलो रङ्गको रूमाल गोजीमा राखेर हिँड्नु निकै लाभदायक हुन्छ। वस्त्रको छनोट गर्दा पनि पहेँलो वा रातो रङ्गको गर्नु फलदायी हुन्छ, यसले श्रीवृद्धिमा सहयोगी भूमिका निर्वाह गर्दछ। मंगलबारको दिन लेनदेनको व्यवहार नगरेकै उत्तम हुन्छ।
कर्कट राशिको चन्द्रमा परेको दिन कुनै पनि महत्वपूर्ण कार्य गर्नु हुँदैन।